काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सवका अवसरमा आफ्ना देशव्यापी शाखाहरुबाट सामाजिक कार्यक्रमहरु आयोजना गरी मनाएको छ। 

बैंकले आफ्नो प्रदेश २ रहेका १५ वटै शाखाहरुबाट मन्दिर तथा स्थानीय परिसर सरसफाइ तथा हरियाली संरक्षण कार्यक्रमहरु सम्पन्न गरेको छ। यसै सन्दर्भमा गत चैत २१ गते बैंकको हरिवन शाखाले चतुर्भुजेश्वोर महादेव मन्दिर सरसफाइ गरेकोे छ  तथा राजविराज शाखाले सप्तरीस्थित सखडा भगवती मन्दिर परिसरमा सरसफाइ तथा डस्बिन, मास्क र सेनिटाइजर वितरण गरेकोे छ।

बैंकले वातावरण प्रतिको जिम्मेवारी बहन गर्नु नै समाजमा प्रभावकारी परिवर्तनको प्रधानवाहक रहेको कुरालाई आत्मसाथ गर्दै ती कार्यक्रमहरु गरिएको जनाएको छ। वार्षिकोत्सवका उपलक्ष्यमा आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश  २ मा रहेका १५ वटै शाखाहरुबाट बैंकले वृक्षारोपण एवं सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटीएम, २५ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका लागि डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ।