काठमाण्डौ । विश्व स्वास्थ्य संगठनका अनुुसार विश्वका १८६ देशमा कोरोनाभाइरसको संक्रमणबाट २२ हजारभन्दा बढीले ज्यान गुुमाइसकेका छन् । नेपालमा पनि ३ जनामा कोरोनाभाइरसको संक्रमण देखिसकेको छ । 

सरकारले कोरोनाको संक्रमण नियन्त्रणका लागि एक साता देशभर लकडाउन गर्ने निणर्य गरेको छ । कोरोनाबारे मानिसमा विभिन्न खाले भ्रम र त्रास रहेको पाइन्छ । 

मानिसमा यसको लक्षण र यसबाट बच्ने उपायहरु बारे उत्सुकता रहेको पाइन्छ । आखिर के हो त कोरोनाको लक्षण र कसरी बच्न सकिन्छ यसको संक्रमणबाट ?

कोरोनाभाइरसबाट बच्न र यसको संक्रमण फैलन रोक्न तपाइले के गर्न सक्नुुहुुन्छ ?
–पटक पटक साबुुनपानीले या त सेनिटाइजरले राम्ररी हात धुुने गर्नुहोस् 
–खोक्दा वा हाच्छ्यूँ गर्दा सफा रुमाल या त टिस्युु पेपरको प्रयोग गर्नुुस् । अरुले खोक्दा वा हाच्छ्यूँ गर्दा पनि रुमाल वा टिस्युु पेपरले मुुख छोप्नुुस् ।
–प्रयोग गरेको रुमाल नियमित धुुनुुस् र टिस्युु पेपर प्रयोग गरेपछि सुुरक्षित ठाउँमा फ्याल्नुुस् । 
–यदि तपाइसँग टिस्युु पेपर वा रुमाल छैन भने कुुहिनाले मुुख छोप्ने गर्नुुस् । 
–हातले मुख छोइरहने बानी परित्याग गर्नुस् । 
–बिरामीसँगको सम्पर्कबाट टाढिनुुस् । नजिक जाँदा पनि ६ फिटको दुुरी कायम गर्नुुस् ।

कोरोना संक्रमणका लक्षणहरु के-के हुन् ?
मानिसको शरीरमा प्रवेश गरेपछि कोरोनाभाइरसले फोक्सोमा संक्रमण गर्ने गर्दछ । जसका कारण सर्वप्रथम ज्वरो, त्यसपछि सुुख्खा खोकी लाग्ने गर्दछ । संक्रमण बढ्दै जाँदा सास लिन समस्या हुुने गर्दछ । भाइरसको लक्षण देखिन सुुरु हुुन पाँच दिन लाग्ने गर्दछ । तथापि वैज्ञानिकहरुका अनुुसार कसै कसैमा यसको लक्षण देखिन धेरै समय पनि लाग्न सक्छ । 

विश्व स्वास्थ्य संगठनका अनुुसार भाइरस शरीरमा प्रवेश गरेपछि यसले लक्षण देखाउन १४ दिनसम्मको समय लिन सक्छ । तर जानकारका अनुुसार मानिसलाई बिरामी पार्नुुभन्दा अघि पनि यो भाइरस फैलनसक्छ । यो संक्रमणको सुुरुवाती लक्षण सामान्य रुघाखोकी र फ्लुु जस्तै देखिने भएकाले जोकोही पनि भ्रमित हुन सक्छन् । 

कोरोनाको लक्षण यस्ता छन्:
–टाउको दुुख्नुु
–सुख्खा खोकी लाग्नुु
–मांसपेशीमा दुुखाई 
–स्वास लिन कठिनाई 
–ज्वरो र थकान लाग्नु 
–संक्रमण हुँदा पहिले ज्वरो अनि सुुख्खा खोकी लाग्ने गर्दछ । त्यसको एक हप्तापछि स्वास फेर्न ग्राहो हुुने गर्दछ र बिरामीलाई अस्पताल भर्ना गर्नुुपर्ने अवस्था आउँछ । 

कति घातक हुुन्छ कोरोनाभाइरस ?
कोरोनाभाइरसको संक्रमणको तुुलनामा यसको मृत्युुदर हेर्ने हो भने एकदमै कम रहेको छ । तथापि यस तथ्यमा पूर्ण रुपमा विश्वास गर्न सकिने ठाउँ भने छैन । तर पनि यसको संक्रमणको तुुलनामा मृत्युुदर केवल १ देखि २ प्रतिशत मात्रै रहेको छ । 

विभिन्न देशमा यो भाइरसको उपचार भइरहेकाले यसबाट मृत्युु हुुने संख्यामा पनि बढोत्तरी हुुने देखिन्छ । विश्व स्वास्थ्य संगठनले ५६ हजार कोरोना संक्रमितमा गरेको अध्ययनअनुुसार :
–६ प्रतिशत मानिसलाई यो भाइरसले गम्भीर रुपमा असर गरेको छ । उनीहरुमा फोक्सो फेल हुुने, सेप्टिक सक, अग्र्यान फेल र मृत्युु हुुने जोखिम भएको पाइयो 
 –१४ प्रतिशत मानिसमा गम्भीर संक्रमणको लक्षण देखिएको थियो । उनीहरुमा स्वास लिन मुुश्किल र चाँडो चाँडो स्वास लिने जस्ता लक्षणहरु देखिएको थियो । 
–८० प्रतिशत मानिसमा संक्रमणको सामान्य लक्षण देखिएको थियो । उनीहरुमा ज्वरो र खोकी देखिएको थियो । कतिपयमा भने निमोनिया पनि देखिएको थियो । 

आफूलाई संक्रमण भएका आशंका लागेकालाई सुझावः 
पहिलो कदम: डाक्टर, फार्मेसी वा अस्पताल जानबाट बच्ने
दोस्रो कदम:  आफ्नो क्षेत्रमा भएका स्वास्थ्यकर्मीबाट फोन वा त अनलाइनबाट जानकारी लिने
तेस्रो कदम: स्वास्थयकर्मीसँग जानकारी लिएपछि स्वयम्लाई अन्यबाट टाढा राख्ने सल्लाह प्राप्त हुुन सक्छ । स्वास्थयकर्मीले भने बमोजिम आफूलाई अरुबाट टाढा राख्ने ।
चौथो कदम: तपाइको जानकारी स्थानीय स्वास्थ्य टीमलाई पठाइनसक्छ । 
पाँचौ कदम: कोरोना संक्रमण भए नभएको जान्न तपाइँको जाँच हुुनसक्छ । 
छैठौ कदम: आवश्यकता हेरेर चिकित्सकले तपाइले गर्नुुपर्ने काम र अपनाउनुपर्ने सावधानी बारे जानकारी दिनसक्छन् ।
-एजेन्सी