काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा ह्वात्तै घटेको छ। 

संस्थाको बिहीबार सार्वजनिक वित्तीय विवरणअनुसार नाफा गत वर्षको यही अवधिको तुलनामा ८३.०३ प्रतिशतले घटेको हो। समीक्षा अवधिमा संस्थाले ११ लाख २० रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्ष यही अवधिमा ६६ लाख ३ हजार रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ४८ लाख ५४ हजार रुपैयाँले ऋणात्मक भएको छ। गत वर्ष यही अवधिमा संस्थाले सञ्चालन मुनाफाबापत १ करोड ३ लाख रुपैयाँ आर्जन गरेको थियो।

संस्थाको खुद ब्याज आम्दानी भने बढेर २ करोड ७८ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी २ करोड ११ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले ७० करोड ६१ लाख रुपैयाँ सापटी लिई  १ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ५३ करोड ८६ लाख रुपैयाँ सापटी लिई ९६ करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

प्रथम त्रैमासमा संस्थाको जगेडा कोषको आकार ३१.१५ प्रतिशतले घटेर ५ करोड ७२ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा संस्थाको जगेडा कोषमा ८ करोड ३१ लाख रुपैयाँ रहेको थियो। 

संस्थाको चुक्तापुँजी बढेर १३ करोड २० लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी १० करोड रुपैयाँ रहेको थियो।

वार्षिकीकृत संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३.४० रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) २२८.५३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १४३.३६ रुपैयाँ रहेको छ।