काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सुरेन्द्र ढकाल फाउन्डेसनलाई सामुदायिक विद्यालय सहयोगका लागि आज एक कार्यक्रम आयोजना गरी सहयोग रकम हस्तान्तरण गरेको छ।

सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले उक्त सहयोग रकम फाउन्डेसनका अध्यक्ष सुरेन्द्र ढकाललाई हस्तानतरण गरे। 

पाँच लाखभन्दा बढी ग्राहकलाई ११४ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको यस एक्सटेन्सन काउन्टरसहित ८ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ। जसमध्ये ५ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजस्व संकलन गर्न स्थापित गरिएको हो। साथै, बैंकको हालसम्म ८९ एटीएम रहेका छन्।

बैंकले हालसम्म करिब रु. ८२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु. ७८ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ।