काठमाण्डौ । विश्व महाशक्ति भन्ने क्रममा युद्धपोत निर्माणमा चीनले अमेरिकालाई समेत पछि पारेको छ।

अमेरिकी नेभी इन्टेलिजेन्सलका अनुसार हाल अमेरिकासँग २९७ युद्धपोत छन् भने चीनसँग ३६० युद्धपोत छन्। अमेरिकी अधिकारीहरुले अब अमेरिकाले पनि युद्धपोतको संख्या बढाएर भविष्यमा ३५५ पुर्याउने बताएका छन्। 

गत दुई दशकमा चीनले युद्धपोतको संख्या तीनगुणले बढाएको छ। 

त्यसो त अमेरिका र चीनको साउथ चाइना समुद्री विवाद लामो समयदेखि चल्दै आएको छ। यदि यो विवाद नरोकिए अमेरिकाले फिलिपिन्सलाई सुरक्षा गर्न नसक्ने भन्दै अमेरिकी अधिकारीले बढ्दो चिनियाँ शक्तिप्रति चिन्ता व्यक्त गर्दैै आएका छन्। – एजेन्सी