काठमाण्डौ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ।
संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले साबिक नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट मर्जरपश्चात हाल कायम चुक्तापुँजी २३ करोड ५३ लाख ८६ हजार १५० रुपैयाँको कुल ९.५९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ९.११ प्रतिशतले हुन आउने २ करोड १४ लाख ४४ हजार ३५० रुपैयाँबराबरको बोनस सेयर र ०.४८ प्रतिशतले हुन आउने ११ लाख २८ हजार ६५० रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
प्रस्तावित लाभांश मर्जरपश्चातका सेयरधनीहरुलाई उपलब्ध गराउन नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी १२ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।
सारथी लघुवित्त र नयाँ नेपाल लघुवित्त आपसमा गाभिएर सारथी नेपाल लघुवित्त वित्तीय संस्था बनेको हो।
9 minutes ago
25 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago