काठमाण्डौ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पास गरेको ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक गरेको छ। 

नयाँ आदेशअनुसार अब मास्क नलगाएकाहरुलाई सार्वजनिक कार्यालय र सवारीसाधनमा प्रवेश नपाउने भएका छन्। नयाँ आदेशले सार्वजनिक सवारीसाधन र कार्यालयहरुमा मास्क अनिवार्य गरेको हो।

कुनै यात्रु मास्क नलगाई आएमा बढीमा १० रुपैयाँ लिएर सार्वजनिक सवारीसाधन चालक तथा सहचालकले मास्क उपलब्ध गराउनुपर्नेछ । त्यस्तै सार्वजनिक सवारीसाधनहरुले सिट क्षमताबराबर मात्र यात्रु राख्न पाउनेछन्। 

यस्तै सार्वजनिक कार्यालय, डिपार्टमेन्ट स्टोर तथा सपिङ मलहरुमा पनि मास्क अनिवार्य गरिएको छ । मास्क नलगाउनेलाई कार्यालय र पसलमा प्रवेश दिइने छैन ।

यसैगरी नयाँ आदेशअनुसार अब होटेल तथा रेस्टुराँहरु बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउनेछन्। उक्त समयपछि भने होम डेलिभरीमात्र गर्न पाइनेछ।