काठमाण्डौ । कोरोना भाइरसका कारण मुलुक लकडाउनको अवस्थामा भए पनि खाद्य आपूर्तिलाई भने सहज र नियमित रुपमा उपलब्ध हुने बनाइएको छ । 

साल्ट ट्रेडिङ कम्पनीका प्रवक्ता कुमार राजभण्डारीले ग्याँस, चिनी, नून लगायतका खाद्यसामाग्री अभाव नहुने बताउँदै अहिले सहज रुपमा बिक्री वितरण भइरहेको जानकारी दिए । 

कम्पनीको ३ वटा आउटलेटबाट दैनिक ४०० ग्याँस सिलिण्डर, डिलरबाट ४ हजार हाराहारीमा ग्याँसको बिक्रीवितरण भइरहेको दाबी गरेका भण्डारीले सरकारसँग समन्वय गरेर अत्यावश्यक वस्तुहरुको आपूर्तिमा सहयोग गर्ने तयारी भइरहेको र आम उपभोक्ताहरुलाई निर्धक्क रहन आग्रह समेत गरेका छन् । 

यता, नेपाल सरकारको स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने २४ सै घण्टा मोबाइल भ्यानबाटै खाद्य सामाग्री बिक्री वितरण गर्ने बताएको छ । 

कम्पनीले बिक्री कक्ष यथावत सञ्चालन गरी खाद्यान्न अभाव हुुन नदिने दाबीसमेत गरेको छ । 

कम्पनीसँग हाल २६ हजार टन चामल मौज्दात रहेको उल्लेख गर्दै चाँडै १ करोड टन खरिद गरी बिक्री गर्ने योजना रहेको बताएको छ । 

कम्पनीको १०० बढी बिक्री कक्षबाट सयम थप गरेर नै भए पनि खाद्य सामाग्रीको बिक्रीवितरण सहज गराइने जनाएको छ ।