काठमाण्डौ । साहस ऊर्जा लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा २१ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३४ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ३७.२६ प्रतिशतले कम हो।
कम्पनीद्वारा प्रवर्द्धित सोलुखोला (दूधकोशी) जलविद्युत आयोजना (८६ मे.वा.) आन्तरिक परीक्षणको क्रममा रहेको हुँदा विद्युत बिक्रीबाट आम्दानी सुरु भइसकेको छैन।
कम्पनीको कुल आम्दानी पनि ३७.०७ प्रतिशतले घटेर २१ करोड ७७ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा कुल आम्दानी ३४ करोड ५९ लाख रुपैयाँ रहेको थियो।
चुक्तापुँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ३२.४८ प्रतिशतले २ अर्ब ३१ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा १ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो।
कम्पनीको ईपीएस १२.३४ रुपैयाँ, पीई रेसियो ४६.०२ गुणा, प्रतिसेयर नेटवर्थ १६४.१८ रुपैयाँ र तरलता अनुपात ०.४१ प्रतिशत रहेको छ।
24 minutes ago
45 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
12 hours ago
12 hours ago
12 hours ago