काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आज आइतबारदेखि आईपीओ निष्कासन गरेको छ।
नेपाल धितोपत्र बोर्डले गत पुस २१ गते सिंगटी हाइड्रोलाई आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको थियो। सोहीअनुसार कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको अतिप्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो। बाँकी २९ लाख कित्ता भने दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
कम्पनीले १०० रुपैयाँअंकित दरका कुल १४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्तासम्म आवेदन दिन पाउनेछन्।
आईपीओ निष्कासन तथा बिक्रीकर्तामा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। स्थानीयले दोलखाको सिंगटीस्थित सेन्चुरी कमर्सियल बैंक, कालिञ्चोक गाउँपालिका वडा नं। २, दोलखास्थित सिंगटी हाइड्रोको कार्यालय, सिंगटीस्थित नेपाल बैंक र नेपाल धितोपत्र बोर्डबाट अनुपति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
यो आईपीओ निष्कासन छिटोमा माघ १० गते र ढिलामा फागुन ३ गते बैंकिङ समयपछि बन्द हुनेछ।
आईपीओ कम्पनीको चुक्तापुँजीको ३० प्रतिशतबराबरको हुनेछ।आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ।
कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत हिस्सा रहनेछ। जसअनुसार संस्थापक समूहको कुल सेयर १ अर्ब १ करोड ५० लाख रुपैयाँबराबरको हुनेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रोको आईपीओलाई औसतभन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ।
24 minutes ago
38 minutes ago
51 minutes ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago