काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले संगम स्वीट्समा १० प्रतिशत छुट पाउने भएका छन् । 

बैंकका ग्राहकहरुले संगम स्वीट्समा काठमाडौं उपत्यका भित्रका कुनैपनि शाखा बाट मिठाई लगायतका सामाग्री खरिद गर्दा  १०५ छुट पाउने छन् ।

नजिकिँदै गरेको तिहारलाई लक्षित गरी ल्याइएको यो योजनाबाट बैंकका ग्राहकहरु  लाभान्वित हुने, विश्वास बैंकले लिएको बताइएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटीएम र १०४ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब साढे ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।