काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि सिटिजन्स इन्टरनेसनल बैंक लिमिटेडको सेयरमूल्य बिहीबार समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षका लागि प्रस्तावित ८ प्रतिशत बोनस सेयरका लागि यो बैंकको सेयरमूल्य समायोजन गरेको छ। समायोजिक मूल्यअनुसार अब यो बैंकको प्रतिकित्ता २३२ रुपैयाँ भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता २५१ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यो बैंक सेयर कारोबारमा आउनेछ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी ९ अर्ब ८ करोड ९८ लाख १७ हजार २९० रुपैयाँको ८ प्रतिशतले हुन आउने ७२ करोड ७१ लाख ८५ हजार ३८३.१८ रुपैयाँबराबरको बोनस सेयर र ३ प्रतिशतले हुन आउने २७ करोड २६ लाख ९४ हजार ५१८.६९ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको यही मंसिर २० गते वार्षिक साधारणसभाले लाभांश पारित गर्नेछ। 

प्रस्तावित लाभांश बैंकले यही मंसिर २० डाकेको वार्षिक साधारणसभाले पारित गर्नेछ। सभा र लाभांश प्रयोजनका लागि बैंकले आज (मंसिर ११) गतेबाट बुक क्लोज गरेको छ। यसको अर्थ हिजो (मंसिर १०) गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।