काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र करियर स्टेसन प्रा लि, नयाँबानेश्वर, काठमाडौ बीच बैंकका ग्राहकहरुलाई IELTS/KUMAT/TOEFL/SAT/PTE/CMAT/GMAT/GRE का तयारी कक्षामा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड वाहकहरु र उनीहरूका परिवारका सदस्यहरुले कुरियर स्टेसनमा सेवा लिँदा विशेष छुट पाउँनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटीएम र १०४ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ७ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।