काठमाण्डौ । तिनाउ मिसन डेभलपमेन्ट बैंक प्राप्ति प्रक्रिया मूर्त रुप दिन सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो छैटौँ विशेष साधारणसभा डोकेको छ।

बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले विशेष साधारणसभा आउँदो माघ १५ गते बिहीबार डाकेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटी पथमा अवस्थित आफ्नो प्रधान कार्यालयमा वेबिनारमार्फत बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले तिनाउ मिसनलाई प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदनलाई छलफल गरी पारित गरिनेछ। प्राप्ति प्रयोजनका लागि निर्धारण गरिएको १.०.९६ सेयर स्वाप अनुपात कायम गर्ने र तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्तावलाई पनि स्वीकृत प्रदान गर्नेछ। प्राप्ति गर्न गरिएको अन्तिम सम्झौतालगायत संयुक्त मर्जर तथा एक्विजिसन समितिबाट भएका गरेका सबै कामकारबाहीहरु पनि सभाले अनुमोदन गर्नेछ। 

तिनाउ मिसनलाई प्राप्ति गरेपछि सिटिजन्स बैंकको जारी तथा चुक्तापुँजी ९ अर्ब ८१ करोड ७० लाख २ हजार ६७३ रुपैयाँबाट वृद्धि भई ११ अर्ब ६६ करोड २० लाख ४० हजार ९१२ रुपैयाँ हुने भएकोले सोहीबमोजिम हुने गरी बैंकको प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

यसैगरी सभाले बैंकको पुँजीगत संरचनामा परिवर्तन गरी हाल कायम अधिकृत पुँजी १० अर्ब रुपैयाँलाई वृद्धि १५ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

यसैबीच सिटिजन्स बैंकमा बिलय हुन लागेको तिनाउ मिसन डेभलपमेन्ट बैंकले पनि आफ्नो १४ औँ वार्षिक साधारणसभा डाकेको छ। 

बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ १५ गते रुपन्देहीको बुटवलस्थित अम्रपाली कटेज एन्ड रेस्टुराँमा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले सिटिन्स बैंकले तिनाउ मिसनलाई प्राप्ति गर्ने विषयमा भए गरेका सबै कामकारबाही स्वीकृत गर्नेछ।

त्यस्तै सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनेको चुक्तापुँजीको ६ प्रतिशतले हुन आउने बोनस सेयर पनि स्वीकृत गर्नेछ। 

दुवै बैंकले साधरणसभा प्रयोजनका लागि माघ १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २९ गतेसम्म कायम सेयरधनीहरुमात्र सभा भाग लिन र तिनाउ मिसनले प्रस्ताव गरेको बोनस सेयर प्राप्तिका लागि योग्य हुनेछन्।