काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले काठमाण्डौको धुम्बाराहीस्थित होटेल अकामा प्रालिमा विशेष छुटा पाउने भएका छन्।
यस सम्बन्धमा सिटिजन्स बैंक र होटेल अकामाबीच सम्झौता भएको हो। सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहक तथा कर्मचारीहरु साथसाथै सञ्चालक समितिका सदस्यले होटल अकामाका विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटीएम र १०६ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब सात लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago