काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८७ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
बिहीबार सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको खुद नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २७.२६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा ६८ करोड ७७ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा भने ८४ करोड ८० लाख रुपैयाँ रहेको छ।
बैंकको सञ्चालन मुनाफा १ अर्ब १६ करोड रुपैयाँ रहेको छ। गत वर्ष यस्तो मुनाफा ९५ करोड ५९ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म बैंकले १ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत वर्ष १ अर्ब ४३ करोड रुपैयाँमा सीमित थियो।
बैंकको समीक्षा अवधिसम्म ऋण लगानी भने ११.२७ प्रतिशतले बढेर ८७ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ७८ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।
बैंकले निक्षेप पनि बढाएर १ खर्ब ५ अर्ब रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष बैंकले ८८ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
बैंकको रिजर्भको आकार ३ अर्ब ४३ करोड रुपैयाँको रहेको छ। गत वर्ष रिभर्जमा ३ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर २.४२ प्रतिशत पुगेको छ। गत वर्ष बैंकको खराब कर्जा ०.९९ प्रतिशतमा सीमित थियो। बैंकको आधार दर १०.३५ प्रतिशतबाट घटेर ८.२५ प्रतिशतमा झरेको छ।
वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १७.८३ रुपैयाँ पुगेको छ भने प्रतिसेयर कुल नेटवर्थ घटेर १४३.९५ रुपैयाँमा झरेको छ। बैंकको पीई रेसियो भने १६.५५ गुणा रहेको छ।
4 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago