काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाण्डाको कुमारीपाटीमा रहेको वन डे थ्रीडी आर्ट रेस्टुरेन्टमा विशेष छुट पाउने भएका छन्।

बैंक र उक्त रेस्टुरेन्टबीच सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई रेष्टुरेन्टको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट÷क्रडिट÷प्रिभिलेज कार्डवाहक, मोबाइल बैंकिङ ग्राहक तथा कर्मचारीले वन डे थ्रीडी आट रेष्टुरेन्टका विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन्। 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।