काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले कालिञ्चोकस्थित त्रिपुरा रिसोर्टमा विशेष छुट पाउने भएका छन्।

यस विषयमा सिटिजन्स बैंक र त्रिपुरा रिसोर्टबीच सम्झौता भएको छ। सम्झौताअनुसार अब सिटिजन्स बैंकका ग्राहकले त्रिपुरा रिसोर्टमा विभिन्न सेवा लिएबापत शुल्कमा विशेष छुट पाउनेछन्। 

यो सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक ग्राहकले त्रिपुरा रिसोर्टमा सेवा लिँदा विशेष छुट पाएर लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब सात लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।