काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र त्रिसरा रेस्टुरेन्ट एन्ड बारबीच बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट÷प्रिभिलेज कार्डवाहकले त्रिसरा रेस्टुरेन्ट एन्ड बारको  दरबारमार्ग, लाजिम्पाट, पोखरालगायत देशैभरि रहेका शाखाबाट सेवा लिँदा विशेष छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटीएम र १०७ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब ७ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। सिटिजन्स बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ। यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एन्ड वेदड्र सेवा, मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरुको थालनि गरेको छ। यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ। 

व्यावसायिक ज्ञानको कमी, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचित नहुनु तथा व्यावसायिक तालिम र अभिमुखीकरणको  अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुँजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्यूनीकरण गर्न यस बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरुका साथसाथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ।