काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डवाहक ग्राहकले काठमाण्डौको टंगालस्थित अलिव कबाव सुलतानेट रेस्टुरेन्टमा विशेष छुट पाउने भएकाछन्। 

सिटिजन्स बैंक र उक्त रेस्टुरेन्टबीच बैंकका कार्डवाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । मध्यपूर्वी भोजनको विशिष्ट स्वाद नेपालमै पस्कने उद्देश्यका साथ खुलेको अलिव कबाव सुलतानेटसँगको यो सहकार्यपश्चात सिटिजन्स बैंकका कार्डबाहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको पनि व्यवस्था गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटीएम र १०७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब ७ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।