काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित किङ्गस लाउञ्जबीच सिटिजन्स बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

किङ्गस लाउञ्जसँगको यो सहकार्यपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ। हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ। 

यसका साथै बैंकले हालैमा यूएसडी ई–कम कार्डको सुरुआत गरेको छ। जसअन्तर्गत ग्राहकले आफ्नो सिटिजन्स बैंकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी वार्षिक ५०० अमेरिकी डलरबराबरसम्मको रकम कार्डमा लोड गर्न सक्नेछन्। यसरी लोड गरिएको रकम विदेशी मुद्रामा अनलाइनमार्फत वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न प्रयोग गर्न सक्नेछन्। 

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १६७ वटा शाखा, ११३ वटा एटीएम र १०७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब साढे ९ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।