काठमाण्डौ । असार महिनामा सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फन्ड–१ को प्रतिइकाइ खुद मूल्य (न्याभ) बढेको छ भने फन्ड–२ को न्याभ घटेको छ। 

योजना व्यवस्था सीबीआईएल क्यापिटल र कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रहेका यी दुवै योजना ७ वर्षका हुन्। आज सार्वजनिक असार महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार फन्ड–१ को न्याभ बढेर १५.३१ रुपैयाँ कायम भएको छ। गत जेठमा न्याभ १५.२० रुपैयाँ रहेको थियो। 

फन्ड–१ अन्तर्गत सूचीकृत सेयरमा लगानी बढेर ६८ करोड ६२ लाख रुपैयाँ पुगेको छ। गत जेठमा सूचीकृत सेयरमा ५९ करोड ६० रुपैयाँ लगानी थियो। 

असार मसान्तसम्म फन्ड–१ अन्तर्गत सूचीकृत हुन बाँकी सेयरमा कुल १ करोड १२ लाख रुपैयाँ लगानी भएको छ। जेठसम्म यस्तो लगानी १९ हजार ५०० रुपैयाँमात्र थियो।

असारसम्म फन्ड–१ले कुल लगानी १ अर्ब ६२ लाख रुपैयाँ पुगेको छ। जेठसम्म कुल लगानी ८९ करोड ३९ लाख रुपैयाँ रहेको थियो। 

फन्ड–१ले असार मसान्तसम्म ४२ करोड ३ रुपैयाँ कुल आय गरेको छ। जेठ महिनामा कुल आय ४१ करोड १३ लाख रुपैयाँ नाफा रहेको थियो। 

यसैगरी असारमा फन्ड–२ को न्याभ घटेर १६.१८ रुपैयाँमा झरेको छ। गत जेठमा न्याभ १६.२६ रुपैयाँ रहेको थियो। 

फन्ड–२ अन्तर्गत सूचीकृत सेयरमा लगानी बढेर ५४ करोड ९९ लाख रुपैयाँ पुगेको छ। गत जेठमा सूचीकृत सेयरमा ५२ करोड ५५ लाख रुपैयाँ लगानी थियो। 

असार मसान्तसम्म फन्ड–२ अन्तर्गत सूचीकृत हुन बाँकी सेयरमा कुल ८५ लाख ३४ हजार रुपैयाँ लगानी भएको छ। जेठसम्म यस्तो लगानी २० लाख १९ हजार रुपैयाँ रहेको थियो।

असारसम्म यो फन्डको कुल लगानी ७० करोड २ लाख रुपैयाँ पुगेको छ। जेठसम्म कुल लगानी ६८ करोड ८८ लाख रुपैयाँ रहेको थियो। 

फन्ड–२ ले असार मसान्तसम्म ३३ करोड ८५ लाख रुपैयाँ कुल आय गरेको छ। जेठ महिनामा कुल आय ३४ करोड २५ लाख रुपैयाँ नाफा रहेको थियो।