काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बचतको बानी विकासका लागि प्रोत्साहन गर्न सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ।

भिडियोमा निकै रोचक ढंगले थोरैथोरै धेरै बचत गर्न सकिने सन्देश दिन खोजिएको छ। भिडियोमा एक बालक सामान किन्न भनेर घरबाट निस्किछन्। पसलमा पुगेर घरका लागि आवश्यक सामान किन्छन्। सामान किनिसकेपछि ती बालकले पसलेलाई रु. ५०० नोट दिन्छन्। तर पसलेले पैसा फिर्ता गर्ने बेलामा ‘चानचुन पैसा छैन, चकलेट हाल्देको छु है’ भन्दै बालकलाई सम्झाउँछन्। 

त्यसपछि ती बालक सामान बोकेर घर फर्किंदै गर्दा एउटा ढुंगेधाराबाट थोपा–थोपा पानी झरिरहेको र त्यो पानी संकलन गर्न एउटा तामाको ग्रागी राखेको देख्छन्। 

केही दिनपछि फेरि ती बालक त्यही पसलमा सामान किन्न जान्छन्। सामान किनिसकेपछि ती बालक पसेललाई रु. १ हजारको नोट दिन्छन्। पसलेले पहिलेजस्तै ‘चानचुन पैसा छैन है’ चकलेट दिन्छन्। 

पसलबाट फर्किने क्रममा ती बालकले ढुंगेधारामा राखिएको तामाको गाग्री थोपा–थोपा पानीले भरिएको देख्छन्। उनी मुस्कुराउँछन्। अनि उनले पसलेले दिएका चकलेटहरु जम्मा गर्न थाल्छन्। यो क्रम चलिरहन्छ। 

एक दिन ती बालक आफूले जम्मा गरेको चकलेट लिएर फेरि त्यही पसलमा किन्न जान्छन्। ती बालकले पसलेसँग विभिन्न सामान माग्छन्। सामान हालेपछि ती पसलेले बाबु पैसा भन्छन्। ती बालकले मुस्कुराउँदै तिनै पसलेले दिएर जम्मा गरेको चकलेटहरु पसलेलाई भुक्तानीबापत दिन्छन्। 

यो भिडियो मुख्य सन्देश भनेकै ‘जतिसुकै चानचुन भए पनि बचत गरे एक न एक दिन काम लागिहाल्छ नि’ भन्ने नै रहेको छ। 

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् –

https://www.facebook.com/watch/?v=965916630975171