काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गणेशराज पोखरेलले अर्को कार्यकालका लागि निरन्तरता पाएका छन्।
आज बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओ पोखरेललाई आगामी ४ वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। पोखरेलले स्थापनाकालदेखि नै बैंकसंग आबद्ध भई विभिन्न ओहदामा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। यसका साथै २०६५ सालदेखि नै दोस्रो वरियतामा रही बैंकमा कार्य सम्पादन गर्दै आएका छन्।
पोखरेलले बैंकको नेतृत्वदायी भूमिका सम्हालेपछि लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै आफ्नो प्रथम कार्यकाल पूर्ण रुपमा सफल बनाएका छन्। उनको कार्यकालमा ग्राहक संख्या, डिम्याट संख्या, मोबाइल बैंकिङ तथा अन्य डिजिटल एवं ट्रानजेक्सन बैंकिङ सेवासुविधालगायतका अधिकांश सूचक तथा ब्रान्डिङमा राम्रो उपलब्धि हासिल गर्न सफल भएको छ।
बैंकले पोखरेलको पहिलो ४ वर्षे कार्यकालमा निक्षेप औसतमा वार्षिक २६.०४% वृद्धि गरी हाल रु. १६१.४५ अर्ब पुगेको छ भने कर्जा औसतमा वार्षिक २३.६२% वृद्धि गरी हाल रु. १४२.५४ अर्ब र चुक्तापुँजी रु. १४.२० अर्ब पुगेकोे छ।
त्यसैगरी खुद नाफा ४ वर्षमा औसतमा वार्षिक १२.९१% वृद्धि भई आ.व. २०७८–७९ मा रु. २ अर्ब पुगेको छ। सोही अवधिमा बैंकको पँुजीकोष सबल बनाउने, शाखा तथा व्यापार व्यवसाय बढाउने ध्येयले प्रदेश १ मा सिर्जना फाइनान्स लिमिटेड, मधेश प्रदेशमा सहयोगी विकास बैंक लिमिटेड र लुम्बिनी प्रदेशमा तिनाउ मिसन विकास बैंक लिमिटेडलाई समेत प्राप्ति गरी बैंकले हाल देशैभरि १८२ शाखा कार्यालय, ३ विस्तारित काउण्टर, १३५ एटीएम, ९७ शाखारहित बैंकिङ इकाइ र २० माइक्रो फाइनान्स इकाइबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ। हाल बैंकको १५ लाखभन्दा बढीको संख्यामा ग्राहक छन्।
बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रुपमा परिचित पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाण्डौ विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन्। बैंकमा आबद्ध हुनुअघि उनले विभिन्न संस्थामा महत्वपूर्ण ओहदामा रही आफ्नो कार्यकुशलता प्रदर्शन गरेका थिए। व्यवस्थापन क्षेत्रमा ३० वर्ष लामो अनुभव भएका पोखरेल दूरदर्शी, लगनशील, मृदुभाषी तथा दृढ इच्छाशक्ति भएका व्यक्तिका रुपमा परिचित छन्।
नीति–नियमको अनुपालना आफ्नो प्राथमिकतामा पर्ने र यस अवधिमा बैंकलाई थप उचाइमा पुर्याउने गरी काम गर्ने प्रतिबद्धता सीईओ पोखरेलले आज उच्च व्यवस्थापन तथा शाखा प्रबन्धकहरुको एक बैठकमा व्यक्त गरेका छन्। ‘भित्र सिस्टम, बाहिर इमेज’ को मूल उद्देश्यसहित पोखरेलले कार्यारम्भ गरेका छन्।
9 hours ago
9 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago