काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बागमती प्रदेशको देवीघाट शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नुवाकोटको देवीघाटस्थित श्री जल्पादेवी मन्दिरलाई क्यूआर कोड भएको आधुनिक चन्दा बाकस प्रदान गरेको छ।
बैंको देवीघाट शाखाले बिहीबार एक समारोहबीच स्थानीय प्रतिनिधि, मन्दिर संरक्षण समितिका अध्यक्ष मानबहादुर डंगोल र बाँकी सदस्यहरु, बैंकका कर्मचारीहरुलगायत आसपासका प्रतिष्ठित स्थानीय र शुभचिन्तकको उपस्थितिमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहलअन्तर्गत श्री जल्पादेवी मन्दिरलाई चन्दा बाकसको चाबी हस्तान्तरण गरेको हो। जसमा भौतिक नगद वा क्यूआर कोड वा फोन पे एपमार्फत मन्दिरमा दान गर्न सकिन्छ।
सिटिजन्स बैंक परिवारसहित देवीघाट शाखाको यस सहयोगका लागि अधिकांश सहभागीले सम्मान र प्रशंसा व्यक्त गरेका छन्।
निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत यस्ता कार्यक्रम प्रदेशका अन्य शाखामार्फत पनि सञ्चालन गर्ने योजना रहेको जनाएको छ। सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको बैंकले आगामी दिनमा अन्य सशक्त ढंगबाट यस्ता कार्यक्रमहरु अगाडि बढाउने योजना रहेको जनाएको छ।
सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १४० वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख ७२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago