काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकले भारतस्थित अपोलो हस्पिटलस इन्टरप्राइजेज लिमिटेडमा आकर्षक छुट पाउने भएका छन्।
सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई उक्त अस्पतालको सेवा शुल्कमा १०% सम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। अपोलो हस्पिटलसको भारतका विभिन्न ९ स्थानमा रहेका हस्पिटलका नेटवर्कहरुमा यो छुटको व्यवस्था लागू हुने बैंकले जनाएको छ।
समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा अपोलो हस्पिटल्सका तर्फबाट भाइस प्रेसिडेन्ट– इन्टरनेसनल बिजनेस डा। कार्तिक अनन्थरामनले हस्ताक्षर गरेका छन्।
सिटिजन्स बैंकको भारतस्थित हस्पिटल्सहरुसँगको यो दोस्रो सम्झौता हो। यसअघि बैंकले भारतस्थित मेदान्त– द मेडिसिटि अस्पतालसंग बैंकका कार्डवाहक ग्राहकललाई अस्पतालको सेवा शुल्कमा १५% सम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ।
यस किसिमको सहकार्यबाट हाल बैंकका ग्राहकले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका छन्। आगामी दिनमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ। यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले पाउनेछन्।
सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाख ४५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदानगर्दै आएको छ। आफ्ना ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ।
17 minutes ago
28 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago