citizens bank
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले आफ्ना सेयरधनीलाई दशैंखर्च उपलब्ध गराउने भएको छ ।
बैंकले दशैंअघि नै वार्षिक साधारणसभा आह्वान गरी घोषित नगद लाभांश वितरण गर्न लागेको हो । 'दशैं खर्च'को रुपमा सेयरधनीले दशैंअघि नै नगद लाभांश पाउनेछन् ।
बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले निर्णय गरेअनुसार सिटिजन्स बैंकको सत्रौँ वार्षिक साधारण सभा २०८० साल आश्विन महिनाको २६ गते, शक्रबारका दिन बिहान ११ः०० बजे अमृृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाण्डौमा बस्नेछ ।
बैंकका वित्तीय विवरणहरुमाथि छलफल लगायत सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार ५.७९ प्रतिशतका दरले हुन आउने रु. ८२,२१,६१,६५२.९६ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने जस्ता विषयहरु साधारण सभाका प्रस्तावहरु रहेका छन् ।
बैंकले प्रस्ताव गरेअनुसार नगद लाभांश वितरण सम्बन्धी प्रस्ताव साधारणसभाबाट पारित भएपछि सेयरधनीको खातामा जानेछ । यसरी बैंकका सेयरधनीले नगद लाभांशको रुपमा दशैंखर्च पाउनेछन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा,१४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ४८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
21 minutes ago
41 minutes ago
45 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago