काठमाण्डौ । सिटिजन्स बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३४ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

बैंकको प्रकाशित प्रथम त्रैमास विवरणअनुसार समीक्षा अवधिको खुद नाफा अघिल्लो वर्ष सोही अवधिको तुलनामा झन्डै ८ करोड रुपैयाँले कम हो । अघिल्लो वर्ष ४२ करोड ८८ लाख रुपैयाँ बैंकले खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ४८ करोड ९२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको सञ्चालन मुनाफा ६० करोड ५९ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७० करोड ८३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ७५ करोड ३१ लाख रुपैयाँ रहेको थियो ।

बैंकले प्रथम त्रैमासमा ७२ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब ५५ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष बैंकले ७० अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ६२ करोड ९१ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो ।

बैंकको रिजर्भको आकार २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष २ अर्ब ८२ करोड रुपैयाँ थियो ।

त्यस्तै बैंकको रिटेभ अर्निङ समीक्षा अवधिमा २५ करोड २७ लाख रुपैयाँ रहेको छ भने अघिल्लो वर्ष १२ करोड ५१ लाख रुपैयाँ थियो । 
बैंकको प्रतिसेयर आम्दानी १६.२० रुपैयाँ रहेको छ ।