काठमाण्डौ । सर्वसाधारणका लागि जारी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आज बाँडफाँड गरिएको छ। मागभन्दा बढी आवेदन परेका कारण यो कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ।
आईपीओमा कुल १४ लाख १३ हजार १५८ आवेदकबाट माग भएको १ करोड ५६ लाख ६ हजार ८२० कित्ता सेयर प्रमाणीकरण भएको थियो। जसमा १४ लाख ७ हजार २३७ आवेदकबाट परेको १ करोड ६६ लाख २२ हजार ३७० कित्ता सदर भएको छ भने ५ हजार ९२१ आवेदकबाट परेको ८४ हजार ४५३ कित्ता बदर भएको छ।
गोलाप्रथाबाट भाग्यमानी ९ लाख आवेदकले १० लाख कित्ताका दरले सेयर पाएका छन् भने बाँकी ५ लाख ७ हजार २३७ जना आवेदकको हात खाली भएको छ।
यतिबेला आईपीओ पाउने सेयरधनीमा कम्पनीको सेयरले दोस्रो बजारमा कति ओपनिङ रेन्ज पाउला भन्ने कौतुहलताको विषय बनेको छ। सिटिजन लाइफको आईपीओले पहिलो कारोबारको लागि १७२.४३ रुपैयाँदेखि अधिकतममा ५१७.२९ रुपैयाँसम्म ओपनिङ रेन्ज पाउने देखिएको छ।
नेप्सेले जुनसुकै कम्पनीको सेयरलाई पहिलो कारोबारका लागि कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ (बुक भ्यालु)का आधारमा ओपनिङ रेन्ज तोक्ने गर्दछ। यसर्थ सिटिजन लाइफको इन्स्योरेन्सको आर्थिक वर्ष २०७८–७९को वास्तविक बुक भ्यालु १७२.४३ पैसा रहेको छ।
27 minutes ago
41 minutes ago
47 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago