काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र ‘सेल पे’ बीच रेमिटान्स कारोबार सुरु भएको छ। 

सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र सेल पेका तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले रेमिटान्स कारोबार सुरु गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार सेल पे प्रयोगकर्ताहरुले वेब र मोबाइल एप  प्रयोग गरी सिटी एक्सप्रेसको नेपालभरि रहेका ७ हजार ५०० भन्दा बढी एजेन्टहरुमार्फत आन्तरिक विप्रेषण पठाउन सक्नेछन्। यसका लागि मोबाइल वालेटको आवश्यक नपर्ने र विप्रेषणबापतको रकम  सेल पेमा आबद्व भएको बैंक खाताबाट स्वतः डेबिट हुनेछ। 

सेल पेबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी लगायतका सेवाहरु गर्न सकिन्छ। 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि विश्वभरि आफ्नो रेमिट एजेन्ट्हरुबाट ७ हजार ५०० भन्दा बढी नेपालको एजेन्ट्हरुमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ।