काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई १००ः३० सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने भएको छ।

बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको सञ्चालक समितिले यो सेयर स्वाप रेसियोलाई पारित गर्ने निर्णय गरेको हो। बैंक र फाइनान्सको संयुक्त प्राप्ति समितिबाट सिफारिस भएर यो सेयर स्वाप रेसियोलाई बैठकले स्वीकृति गरेको छ। 

अब यो सेयर स्वाप रेसियोअनुसार सिटी एक्सप्रेस फाइनान्सको १०० कित्ता सेयरबराबर नेपाल इन्भेस्टमेन्ट बैंकको ३० कित्ता सेयरबराबर हुनेछ। यही सेयर स्वाप रेसियो प्रदान गर्ने गरी सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौता पनि गरिएको बैंकले जनाएको छ।