काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनेन्स कम्पनी लिमिटेडलाई प्राप्ति गरेपछि आज आइतबरदेखि एकीकृत कारोबार सुरु गरेको छ।
एकीकृत कारोबार काठमाण्डौका घन्टाघर, झापाको बिर्तामाड र उदयपुरको गाईघाट गरी तीन शाखाबाट सुरु गरिएको बैंकले जनाएको छ। यी थप तीन शाखाहरूले ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवाहरू प्रदान गर्ने बैंकले जनाएको छ।
बैंकले ८६ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकलाई सेवा पुर्याउँदै आएको छ।
पाँचपटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ। यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ।
5 hours ago
5 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago