काठमाण्डौ । सिटी होटलको सेयर धितोपत्र दोस्रो बजारमा आउँदो आइतबारबाट कारोबारमा आउने भएको छ।
सिटी होटलको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्छ। तर, भोलि शुक्रबार परेको अब सिटी होटलको सेयर आइतबारबाट कारोबारमा आउनेछ।
सिटी होटलको १०० अंकित दरका कुल १ करोड ६७ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापकको १ करोड ५० लाख ६६ हजार कित्ता र सर्वसाधारणको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसहित) १६ लाख ७४ हजार कित्ता रहेका छन्।
नेप्सेले सिटी होटललाई ‘सीआईटीवाई’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने यो होटलले प्रतिकित्ता न्यूनतम ८७.८३ रुपैयाँदेखि अधिकतममा २६३.४९ रुपैयाँको ओपनिङ रेन्ज पाएको छ।
अब आइतबारको स्पेसल प्रि–ओपन सेसनमा सिटी होटलको सेयर किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ।
9 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago