काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडका ग्राहकले काठमाण्डौको तीनकुनेस्थित सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिमा विभिन्न सेवा लिएबापत १० प्रतिशतसम्म छुट पाउने भएका छन्। 

यस विषयमा सिद्धार्थ बैंक र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ। सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट कार्ड विभागका प्रमुख रविन मल्ल र सिद्घार्थ बिजनेश ग्रुपका तर्फबाट बिक्री तथा बजार व्यवस्थापन निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार बैंकका ग्राहकले सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीअन्तर्गत देशभर रहेका होटेल, रेस्टुरेन्ट, रिसोर्ट तथा क्याफेहरुमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङमार्फत होटेल बसाइ, खाना, बेबरेजका लागि भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। यो सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका डिजिल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधा तथा क्यासब्याक योजनाहरु सञ्चालनमा ल्याउँदै आएको छ।