काठमाण्डौ । सिद्धार्थ  ईन्स्योरेन्स तथा रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२ बीचमा सहकार्य  सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

सम्झौताअनुसार रोटरीले सञ्चालन गरेको साक्षरता कार्यक्रमका लागि सिद्घार्थ ईन्स्योरेन्स रोटरीलाई आर्थिक सहयोग उपलब्ध गराउने र रोटरीका सदस्य वीमितहरुलाई संस्थागत छुट प्रदान गर्नेछ । 

सम्झौतापत्रमा सिद्धार्थ  ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द वैदवार क्षेत्री तथा रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२ का डिष्ट्रिट गर्भनर किरण लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।