काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्सको बजारमूूल्य संवेदनशीलसम्बन्धी सूूचना लुुकाउनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदको भूूमिका रहेको रहस्य खुलासा भएको छ।

सीईओ साउदकै ठाडो हस्तक्षेपमा नै लाभांशसम्बन्धी महत्वपूर्ण सूचना आमलगानीकर्ताको पहुँचबाट टाढा पुर्याउने र बाहिर नल्याउने नियतले कपटपूर्ण काम भएको रहस्य उद्घाटन भएको हो। सिद्धार्थ इन्स्योरेन्सको लाभांश नदिनेसम्बन्धी सूचना नेप्सेको वेबसाइटमा सीधै देखिने गरी नराख्न र भित्र लुकाउन सीईओ साउदकै निर्देशनमा भएको स्रोतको जिकिर छ। 

लाभांश घोषणाले दोस्रो बजारमा कम्पनीको सेयरमूूल्यमा निकै उत्तारचढाव आउने गर्दछ। लाभांशकै आधारमा लगानी गर्ने सोझा लगानीकर्तालाई फसाउन सूूचनालाई गोप्य ठाउँमा राख्ने कदमप्रति नेप्सेकै कतिपय अधिकारीहरु आश्चर्यचकित परेका छन्। बिजशालाले यसबारेमा खुलासा गरी समाचार प्रकाशन गरेपछि मात्रै यो विषयबारे ज्ञात भएको उनीहरुको भनाइ छ।

सीईओ साउद सेयरबजारमा राम्रो खेलाडी भएको समकक्षीहरु बताउँछन्। सेयरबजारमा हाल पनि अप्रत्यक्ष रुपमा ठूलो लगानी गरिरहेका आरोप लागेका साउदलाई सार्वजनिक पदको दुुरुपयोग गर्दै सूचीकृत कम्पनीहरुको मूल्य संवेदनशील सूचनाहरु हिजोआज हस्तक्षेप गर्ने गरेको स्रोतको दाबी छ। स्रोतका अनुसार कम्पनीको सेयरमूूल्यमै प्रभाव पार्न कम्पनीले पठाएको जानकारीलाई नेप्सेका तल्ला कर्मचारीसँग मिलेर अप्रूूभ गर्न साउद उद्धत रहँदै आएका छन्।

सूचीकृत कम्पनीहरुले लाभांश र यस्तै विषयमा हुने महत्वपूर्ण निर्णयहरु आमलगानीकर्ताले सहजै देख्ने गरी नेप्सेको कर्पोरेट डिस्क्लोजरमा सार्वजनिक गर्नुपर्ने हुन्छ। जसका लागि नेप्सेले कम्पनीसम्बन्धी सूचना तथा जानकारीहरु कम्पनी आफैंले अपलोड गर्नसक्ने सुविधासमेत उपलब्ध गराई केही वर्षदेखि लगइनसमेत दिने गरेको छ। तर यी सबै सुविधा उपलब्ध भए पनि लगानीकर्ताको निगरानीबाट बच्न र लाभांशसम्बन्धी महत्वपूर्ण निर्णयसम्बन्धी सूचनालाई लुकाउन नेप्सेकै नेतृत्व हावी हुनुुले सेयरबजारको जोखिमलाई थप बढाइरहेको जानकारहरु बताउँछन्।

सिद्धार्थ इन्स्योरेन्सले हालै लाभांश बाँड्न नसक्ने भनी गरेको निर्णयको थियो। यो निर्णयको विषयमा बजारका अधिकांश लगानीकर्ता बेखबर झैँ छन्। लगानीकर्तामात्र होइन सार्वजनिक सञ्चारमाध्यमहरुले समेत यो विषय लेखेका छैनन्। यसको एउटा कारण हो त्यस्ता बजार संवेदनशील सूचना आउने कर्पोरेट डिस्क्लोजरमा यो विषयसँग सम्बन्धित सूचना उपलब्ध नहुनु।

उसो भए भएको चाहिँ के रहेछ त ? सिद्धार्थ इन्स्योरेन्सले सीईओ साउदले सेयरबजारका खेलाडी र गिरोहसँग मिलेर लाभांश वितरण गर्न नसक्ने भनी गरेको निर्णय आमलगानीकर्ताले सहजै देख्न नसक्ने गरी लुकाइएको रहेछ, त्यो पनि नेप्सेकै वेबसाइटको कुनै कुनामा।

सिद्धार्थ इन्स्योरेन्सले माघ १६ गते नेप्सेलाई पत्र लेख्दै आर्थिक वर्ष २०७५/७६ का लागि लगानीकर्तालाई कुनै लाभांश दिन नसक्ने व्यहोरा प्रस्ट पारेको छ। पत्रअनुसार माघ १५ गते बुधबार अपराह्न ४ बजे बसेको सो कम्पनीको सञ्चालक समितिको १५५ औं बैठकले बिमा समितिबाट जारी निर्जीवन बिमा कम्पनीको वित्तीय विवरणसम्बन्धी निर्देशिका तथा नेपाल वित्तीय प्रतिवेदनमा (एनएफआरएस) बमोजिमको आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि बिमा समितिमा पेस गर्ने निर्णय गरिएको उल्लेख छ।

चलानी नम्बर ३६५३/२०७६7७७ रहेको सोही पत्रको दोस्रो अनुच्छेदमा बिमा समितिबाट जारी निर्जीवन बिमा कम्पनीको वित्तीय विवरणअनुसार आब २०७५/७६ को खुद नाफा २४ करोड ४७ लाख ३४ हजार ३९ रुपैयाँ र एनएफआरएसअनुसारको खुद नाफा २४ करोड ९३ लाख ७६ हजार ९४६ रुपैयाँ देखिइए पनि नियमनकारी व्यवस्था र निर्देशनबमोजिम एनएफआरएसअनुसार वित्तीय विवरण तयार गर्दा आवश्यक जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपर्ने भएको उल्लेख गर्दै कुनै पनि लाभांश र बोनस सेयर प्रस्ताव नगरिएको उल्लेख छ।

कम्पनी सचिव सुदर्शन आचार्यले हस्ताक्षर गरेको पत्रका विषयमा बजार लगभग बेखबर छ। कतिपय लगानीकर्ता त सिद्धार्थ इन्स्योरेन्सले यो वर्ष राम्रो लाभांश दिने अनुमान लगाउँदै दोस्रो बजारबाट यो कम्पनीको अहिले पनि सेयर महँगो मूल्यमा उठाइरहेका छन्। जब कि नेप्सेले यो कम्पनीको लाभांश दिन नसक्ने व्यहोराको यो पत्र सबैले देख्ने ठाउँमा राखिदिएको भए राम्रो लाभांशको आशामा पैसा लगाउनेहरु फस्ने थिएनन्।

नेप्सेका सीईओ साउद र सेयरबजारका गिरोहको मिलेमतोमा लगानीकर्तालाई कुहिराको काग झैँ बनाएर फसाउने नियतले काम भएको स्रोत दाबी गर्छ। एक महिनाअघिसम्म प्रतिकित्ता ४७३ रुपैयाँ रहेको यो कम्पनीको दोस्रो बजारमूल्य ५६७ रुपैयाँसम्म पुर्याउने कामसमेत भएको देखिन्छ।

सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालले यो विषयमा छानबिन गर्न र सार्वजनिक पद दुुरुपयोग गरेका कारण नेप्सेका सीईओ साउदको राजीनामा माग गरेका छन्।