काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेको आगामी चैत्र २८ गते हुने भनिएको १८ औं वार्षिक साधरण सभा स्थगित भएको छ ।
गत चैत्र २१ गते बसेको संचालक समितिको बैठकबाट साधरण सभा स्थगित भएको कम्पनीले बताएको छ ।
हाल विश्वभरि फैलिरहेको “कोभिड –१९” को कारण देशमा असहज परिस्थितिको सिर्जना भई तोकिएको मितिमा बार्षिक साधरण सभा बस्न नसक्ने भएकाले अर्को निर्णय नभएसम्मको लागि उक्त बार्षिक साधरण सभा स्थगित गर्ने निर्णय भएको कम्पनीले जानकारी दिएको छ ।समय परिस्थित सहज भइसकेपछि स्थगित भएको १८ औ साधरण सभा हुने कम्पनीद्धारा जारी प्रेस विज्ञप्तिमा बताइएको छ ।
8 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago