काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभाको सम्पूर्ण प्रक्रिया हाललाई स्थगित गरेको जनाएको छ।
यसअघि कम्पनी सञ्चालक समितिले वार्षिक साधारणसभा हिजो चैत २८ गते गर्ने निर्णय गरेको थियो। सभा काठमाण्डौको अग्रवाल सेवा केन्द्रको भावनमा डाकिएको थियो।
गत चैत २१ गते बसेको कम्पनी सञ्चालकको बैठकले विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणका कारण असामान्य स्थिति सिर्जना भएकोले तोकिएको मितिमा साधारणसभा गर्न नसकिएको जनाएको छ।
बैठकले अर्को निर्णय नभएसम्मका लागि वार्षिक साधारणसभा र सोसँग सम्बन्धित सम्पूर्ण कार्य स्थगित गर्ने निर्णय गरेको छ।
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago