काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले भोलि शुक्रबारदेखि ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन खुला गर्दैछ। 

बैंकले प्रतियुनिट १ हजार रुपैयाँ दरका ३० लाख युनिट ‘८.५०% एसबीएल डिबेन्चर–२०८४ बिक्री खुलाउने भएका हो। जसमा लगानीकर्ताले वार्षिक ८.५०% ब्याजदर पाउने बैंकले जनाएको छ।

कुल ३० लाख युनिटमध्ये १२ लाख युनिट सर्वसाधारण लगानीकर्तालाई र १८ लाख युनिट विभिन्न संघसंस्थालाई बिक्री गर्नेछ। उक्त ऋणपत्रमा न्यूनतम २५ युनिटदेखि अधिकतम आवेदन सम्पूर्ण युनिटसम्मका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताहरुले यस ऋणपत्र नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि-आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशन बन्द छिटोमा असोज २० गते र ढिलोमा असोज ३० गते हुनेछ। 

यसको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। यस ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले पर्याप्त मात्रामा सुरक्षा जनाउने ‘इक्रा एनपी–आईआर’ ए एटदरेट रेटिङ्ग दिएको छ।