काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आज सोमबार ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई रु. दुई लाख उनासी हजार पचास रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।  

सो रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजय भण्डारीले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीका अध्यक्ष कमला अधिकारीलाई हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।

बैंकबाट प्रदान गरिएको उक्त रकम ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले उल्लेखित आवश्यक परेका २० महिला विद्यार्थीहरूको शिक्षाका निम्ति प्रयोग गर्ने बताइएको छ। देशका विभिन्न जिल्लामा महिला बेचविखन निवारण, महिला हिंसा अन्त्य, महिलाहरूको स्वास्थ्य सुधार र महिला शिक्षाका लागि कार्यरत हुंदै आइरहेको ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई बैंकले पु¥याएको सहयोगबाट महिला विद्यार्थीहरूको शिक्षामा केही हदसम्म भए पनि उत्थान पुग्ने विश्वास बैंकले लिएकोे छ । 

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने जनाएको  छ ।