काठमाण्डौ ।सिद्धार्थ बैंक लिमिटेडले गत आश्विन १६ गते निष्काशन जारी गरेको रु. ३ अर्बको “ ८.५० प्रतिशत एसबीएल डिबेन्चर ( २०८४” ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको कारण छोटो समयमै माग भन्दा बढी रकमको लागि आवेदन प्राप्त भएको छ । निष्काशन गरिएको उक्त ऋणपत्र आश्विन २० गते बन्द भएको हो । 

लगानीकर्ताहरुको महत्वपूर्ण सहभागिता एवं अपार विश्वासका साथ अधिक सदस्यता प्राप्त गर्दै बैंकले सम्पूर्ण लगानीकर्ता प्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । हार्दिक आभार व्यक्त गर्दै प्राप्त निरन्तर सहयोग र सदभावले बैंकलाई अझ बढी नवीनतम र उतकृष्ट सेवा प्रदान गर्न अभिप्रेरित गरेको विश्वास बैंकको रहेको जनाएको छ ।