काठमाण्डौ । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गतको सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ गत असोज महिनामा प्रतिइकाइ खुद मूल्य (न्याभ) ११.४९ पुगेको छ।

सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यो योजनाको न्याभ गत भदौको तुलनामा ७ पैसाले बढेको हो। गत भदौमा न्याभ ११.४२ रुपैयाँ रहेको थियो। 

यो योजनाको लगानी पनि गत महिनाको तुलनामा बढेर १ अर्ब १८ लाख रुपैयाँ पुगेको छ। गत महिना यो योजनाको लगानी १ अर्ब १७ करोड रुपैयाँ रहेको थियो। 

यो फन्डले असोजसम्म सूचीकृत सेयरमा १ अर्ब १ करोड रुपैयाँ, ऋणपत्र तथा बन्डमा ३ करोड ८९ लाख रुपैयाँ, सार्वजनिक निष्कासन, हकप्रद सेयर र बोनस सेयरमा ४१ लाख ८२ हजार रुपैयाँ र बैंक मुद्दति निक्षेपमा १३ करोड रुपैयाँ लगानी गरेको छ। गत भदौसम्म यस्तो लगानी सूचीकृत सेयरमा ९८ करोड ९८ लाख रुपैयाँ, ऋणपत्र तथा बन्डमा ३ करोड ८९ लाख रुपैयाँ, सार्वजनिक निष्कासन, हकप्रद सेयर र बोनस सेयरमा १ करोड १२ लाख रुपैयाँ र बैंक मुद्दति निक्षेपमा १३ करोड रुपैयाँ लगानी गरेको थियो।

गत महिनाको तुलनामा कुल आय पनि बढेर १० करोड ९१ लाख रुपैयाँ भएको छ। गत महिना कुल आय १० करोड १३ लाख रुपैयाँ थियो।

यो योजनाले वाणिज्य बैंक, विकास बैंक, बीमा, लघुवित्तलगायत विभिन्न समूहका ५० वटा कम्पनीहरु लगानी गरेको छ।