काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले नेपाल स्टारको उत्कृष्ट ८ मा पुग्न सफल ८ जना प्रतियोगी, नेपाल स्टारका निर्णायकहरु एवं निर्देशकको १ वर्षको दुर्घटना बीमा प्रदान गर्ने भएको छ।

यससम्बन्धी सम्झौतापत्रमा सिद्धाथ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री र कि एडभरटाजिङ सर्भिस प्रालिका प्रबन्ध निर्देशक रवीन्द्रकुमार रिजालले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा कार्यक्रमका नेपाल स्टारका निर्णायक मण्डलका सदस्य संगीतकार आलोकश्री, गायक रामकृष्ण ढकाल, गायिका अन्जु पन्तलगायत कम्पनीका पधादिकारी एवं नेपाल स्टारका उत्कृष्ट ८ मा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरुको उपस्थिति थियो। 

उत्कृष्ट ८ जनालाई जनही १५ लाख रुपैयाँ एवं निर्णायकहरु एवं निर्देशकको २५ लाख रुपैयाँबराबरको दुर्घटना बीमा रहेको छ।