काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले बैंकका विद्यमान तथा सम्भाव्य ग्राहकलाई लक्षित गरी ‘रिभर्स फयाक्टरिङ’ सेवा सञ्चालनमा ल्याएको छ।

यस सेवाअन्तर्गत बैंकले कर्जा सुविधा उपभोग गरिरहेका ग्राहकलाई व्यावसायिक प्रयोजनका लागि वस्तु खरिद गर्दा विभिन्न निर्माता तथा वितरकहरुबाट जारी गरिएको आवधिक इनभ्वाइसलाई निश्चित शुल्क लिई डिस्काउन्ट गरी इनभ्वाइसबापतको रकम तत्काल बिक्रीवितरकलाई उपलब्ध गराउनेछ। यसबाट खरिदकर्ता ग्राहकले बिक्रीवितरकवाट विशेष सहुलियत वा छुटमा वस्तु खरिद गर्न सहयोग पुर्याउने बैंकले विश्वास लिएको छ।

यो सुविधा बैंकले एफवान सफ्ट इन्टरनेसनल प्राइभेट लिमिटेद्वारा यूकेएडसक्षम एक्सेस टु फाइनान्स प्रोग्रामसँगको सहकार्यमा विकसित ‘क्विक भुक्तानी’ नामक प्लाटफर्मबाट कार्यान्वयन गर्नेछ।