काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाइनमार्फत डेबिट कार्ड लिन आवेदन दिन सकिने व्यवस्था ल्याएको छ। 

अब नयाँ डेबिट कार्ड लिनुपरेमा, नविकरण गर्नुपरेमा वा हराएको वा बिग्रिएको कार्डको सट्टामा नयाँ बनाउन परेमा ग्राहकले भौतिक रुपमा बंैकसम्म उपस्थित नभई घरैबाट डेबिट कार्डका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ। यसका लागि ग्राहकले बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। 

कार्ड तयार भइसकेपश्चात बैंकले ग्राहकलाई कार्ड संकलन गर्न एसएमएसमार्फत अनुरोध गर्ने छ। ग्राहकले आवेदन दिँदा कार्ड संकलन गर्न छनोट गरिएको शाखाबाट डेबिट कार्ड संकलन गर्न सक्नेछन्। 

बैंकले ल्याएको यस अनलाइन सुविधामार्फत डेबिट कार्ड आवेदन दिन सकिने व्यवस्थाले ग्राहक बैंकमा पुगेर लामो समयसम्म लाइनमा बस्नु नपर्ने र समयको बचत हुनुका साथै ग्राहकलाई थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ। यस व्यवस्थाले बैंकिङ प्रणाली अझ बढी प्रभावकारी र ग्राहकमैत्री बन्ने बैंकको आशा छ।