काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडका ग्राहकले काठमाण्डौको गैह्रीधारास्थित ल्यान्डमार्क होटल, रिसोर्ट एन्ड स्पामा सेवा लिएबापत ३५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

बैंक र ल्यान्डमार्कबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बिजनेस सपोर्ट÷पेमेन्ट सोलुसन्स् प्रमुख सुरेशराज महर्जन र ल्यान्डमार्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सीएन पाण्डेले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार बैंकका ग्राहकले चितवन, पोखरा र काठमाण्डौमा रहेको ल्यान्डमार्क होटल, रिसोर्ट एन्ड स्पामा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ, इन्टरनेट बैैंकिङमार्पmत होटल बसाइ सेवाको भुक्तानी गर्दा ३५% सम्मको छुट र खाना, बेबरेज तथा कार्यक्रम सेवाको भुक्तानी गर्दा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन्। यस सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका डिजिल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधा तथा क्यासब्याक योजनाहरु सञ्चालनमा ल्याउँदै आएको छ।