काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले नयाँ पुस्तालाई लक्षित गर्दै सिद्घार्थ जेन-जेड नामक बचत खाता सञ्चालनमा ल्याएको छ। 

यस बचत खाता सन् १९९५ र सोभन्दा पछि जन्मिएका ग्राहकले शून्य मौज्दातमै खोल्न सक्ने बैंकले जनाएको छ। यो खाता नाबालकको हकमा पनि खोल्न सकिनेछ। 

यो बचत खाता ग्राहकमाझ बचत सँगसँगै सहज तथा सरल बैैंकिङको अनुभूति गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। यो खाता अनलाइनमार्फत पनि खोल्न सकिने र आकर्षक ब्याजदरसहितको सुविधा सम्पन्न प्रिमियम बचत खाता रहेको बैंकको भनाइ छ। 

यस खातामा ५ लाख रुपैयाँसम्मको पूर्ण शारीरिक अशक्तता वा दुर्घटना मृत्यु बीमा सुविधा समेत प्रदान गरिने बैंकले जनाएको छ। बीमा सुविधा दाबी गर्नका लागि भने ग्राहकको खातामा न्यूनतम मौज्दात १० हजार रुपैयाँ हुनुपर्नेछ। 

यस बचत खातामा ग्राहकले विशेष आकर्षकणका रुपमा निम्न सुविधाहरु निस्शुल्क पाउन सक्नेछन् –

  • डेबिट कार्ड (पहिलो २ वर्षका लागि)
  • क्रेडिट कार्ड (पहिलो १ वर्षका लागि)
  • इन्टरनेट बैैैंकिङ (पहिलो २ वर्षका लागि)
  • मोबाइल बैैंकिङ (पहिलो २ वर्षका लागि)
  • डिम्याटरमेरो सेयर/सि-आस्वा (पहिलो २ वर्षका लागि)
  • एसएमएस अलर्ट 
  • बैंक स्मार्टमा आईपीओ/एफपीओ/हकप्रद सेयर/म्युचल फन्ड अलर्ट
  • भाइबर बैैंकिङ, एबीबीएस, खाताको स्टेटमेन्ट
  • ई-कमर्स कारोबार (नेपालभित्रका लागिमात्र)
  • कनेक्ट आइपीएस दर्ता 

साथै, यस बचत खातामा डिमान्ड ड्राफ्ट जारी शुल्कमा ५०% छुट, शैक्षिक कर्जाको प्रशासनिक शुल्कमा ०.२५% छुट र सिद्धार्थ बैंक स्मार्ट एपमार्फत पहिलो रिचार्ज गर्दा ५% छुटको सुविधा छन्। बैंकले ल्याएको यस खातामा अधिकतम सुविधा समावेश गरिएको छ।

यस योजनाले युवावर्गलाई बचत सँगसँगै प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध हुने विश्वास बैंकले लिएको छ।

बैंकले आफ्नासबै सर्भिस आउटलेटहरु तथा एक्स्टेन्सन काउन्टरहरुबाट छिटोछरितो रुपमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। यसैगरी सजिलो बैंकिङ सेवा, एटीएम, पीएसओ मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने, क्रेडिट कार्ड तथा डेबिट कार्ड आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटीएम कार्ड, ४५० भन्दा बढी व्यवसायिक के्रन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको यूएनओ क्रेडिट कार्डजस्ता सेवामार्फत बैंकले उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।