काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीबाट कुल १५.७८९४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँबराबरको बोनस सेयर र ३.७८९४ प्रतिशतले हुन आउने ३ करोड ७८ लाख ९४ हजार ७३६.८४ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्। 

कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ रहेको छ। 

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।