काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाण्डौलाई ५ हजार थान मास्क तथा २५ लिटर स्यानिटाइजर प्रदान गरेको छ। 

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरी महाशाखालाई मास्क र स्यानिटाइजर प्रदान गरेको हो। 

यसबाट नागरिकको सेवामा समर्पित राष्ट्रसेवक प्रहरी कर्मचारीको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग हुने विश्वास कम्पनीले लिएको छ।