काठमाण्डौ । सिद्धार्थ डेभलपमेन्ट बैंकले बिक्री नभएको सेयर असार १४ गतेदेखि बोलकबोलबाट बिक्री गर्ने भएको छ । 

यो बैंकले बैशाख ७ गतेबाट १० बराबर ६ को अनुपातमा हकप्रद निश्कासन गरेको थियो । सो क्रममा संस्थागतर्फ ४ लाख ५ हजार ८ सय ८८.४५ कित्ता र साधारणतर्फ ४ लाख ५१ हजार ५ सय ४८.५६ कित्ता सेयर बिक्री भएको थिएन । बिक्री नभएको संस्थागत र साधारणतर्फको गरी कुल ८ लाख ५७ हजार कित्ता बैंकले लिलामीबाट बिक्री गर्ने भएको हो । 

यो बैंकको सेयरमा लिलामीको प्रस्ताव गर्नेले प्रति कित्ता मूल्य न्यूनतम १ सय रुपैयाँ राख्नैपर्नेछ भने न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ । 

बोलकबोल प्रक्रिया असार २१ गतेसम्म खुल्ला रहनेछ । असार २३ गते लिलामीको अन्तिम नतिजा प्रकाशन हुने बिक्री प्रबन्धक नबील इन्भेष्टमेन्ट बैकिंग लिमीटेडले जनाएको छ । 

काठमाण्डौको नक्सालस्थित नवील इन्भेष्टमेन्टको मुख्य कार्यालयमा गएर इच्छुक लगानीकर्ताले लिलामीका लागि प्रस्ताव पेश गर्न सक्नेछन् । 

यो विकास बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २८ करोड ८३ लाख खूद नाफा आर्जन गरेको थियो । ६० प्रतिशत हकप्रदको पूँजीकरणपछि यो बैंकको चुक्तापूँजी २ अर्ब २७ करोडको उचाईमा पुुग्नेछ । यो विकास बैंक जनता बैंक लिमीटेडमा बिलय हुँदैछ । यसले १ बराबर १ को सेयर स्वाप रेसियोमा जनता बैंकसँग एक्वीजिसनको सम्झौता गरेको छ । यसकारण पनि यो विकास बैंकको सेयर सस्तोमै उठाउन सके यसले राम्रै फाइदा दिने देखिन्छ ।